२०८३ आश्विन १५ , बिहिवार

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?

Gold

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। अघिल्लो दिन बुधबारकै मूल्य बिहीबार पनि कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

जसअनुसार बिहीबार छापावाल सुनको मूल्य २ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार पनि सुनको मूल्य २ लाख ९३ हजार ३०० रुपैयाँमा थियो।

यस्तै, बिहीबार चाँदीको मूल्य स्थिर रहँदै ४ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार पनि चाँदीको मूल्य ४ हजार ४२५ रुपैयाँ थियो।