२०८३ आश्विन १४ , बुधवार

नेपाली कांग्रेस कास्की क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशन तथा निर्वाचन सम्बन्धमा

congress-7

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली कांग्रेस कास्की क्षेत्र नं. २ को क्षेत्रीय सभापति पदको निर्वाचनका क्रममा ३२ भन्दा बढी मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नरहेको विषयप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। निर्वाचनसम्बन्धी प्रचलित नियम तथा व्यवस्थाअनुसार निर्वाचन अधिकृतको हस्ताक्षर नभएका मतपत्रलाई अवैध मानिनुपर्ने स्पष्ट व्यवस्था हुँदाहुँदै नेपाली कांग्रेसका केन्द्रीय प्रवक्ता श्री देवराज चालिसेज्यूले हस्ताक्षर नभएका मतपत्रलाई समेत मान्यता दिने निर्णयप्रति म आफ्नो गम्भीर असहमति र घोर विरोध व्यक्त गर्दछु।

निर्वाचनको निष्पक्षता, पारदर्शिता र विश्वसनीयता कायम गर्नु लोकतान्त्रिक अभ्यासको मूल आधार हो। निर्वाचनका स्थापित नियम र विधिलाई बेवास्ता गरी गरिएको यस्तो निर्णयले निर्वाचन प्रक्रियाको निष्पक्षतामाथि गम्भीर प्रश्न खडा गरेको छ। अतः उक्त निर्णयको पुनरावलोकन गरी निर्वाचन प्रक्रियालाई विधिसम्मत, निष्पक्ष र पारदर्शी बनाउन तथा सम्पूर्ण मतदाताको मताधिकार र विश्वासको सम्मान गर्न म जोडदार माग गर्दछु।

मेरो स्पष्ट माग छ—उक्त निर्वाचन रद्द गरी पुनः निर्वाचन गरियोस्। यसले मात्र लोकतान्त्रिक मूल्य, पार्टीको विधान र निर्वाचन प्रक्रियाप्रतिको जनविश्वास कायम राख्न मद्दत गर्नेछ।म नेपाली कांग्रेसको लोकतान्त्रिक मूल्य, विधिको शासन र निष्पक्ष निर्वाचनप्रति सदैव प्रतिबद्ध रहेको स्पष्ट पार्न चाहन्छु।

धन्यवाद
सुबास सिग्देल
उम्मेदवार
क्षेत्रीय सभापति पद
नेपाली कांग्रेस, कास्की क्षेत्र नं. २