
सुनाखरी न्युज/ काठमाडौं ।
जापानमा आयोजना भइरहेको एसियाली खेलकुदमा पदक विजेता नेपाली कब्बडी टोली थाइल्यान्डको बैंकक एयरपोर्टमा अलपत्र परेका छन् ।
टोलीको नेपाल फर्किने उडान २८ तारिख दिउँसो १२ बजेका लागि तय गरिएको थियो। तर, उडानमा ढिलाइ भएपछि जापानबाट थाइल्यान्ड पुगेको टोलीले बैंकक विमानस्थलमै लामो समय कुर्नुपरेको थियो।
रातारात एयरपोर्ट पुगेको टोली त्यहाँ लामो समय कुरेको थियो । जापानबाट थाइल्यान्ड पुगे पछि अहिले १८ घण्टा अलपत्र परेको छ । थाइल्यान्डबाट नेपाली दूतावास र सरकारसँग पहल गरे पनि कसैले वास्ता नगरेको बताइन्छ ।
रातारात विमानस्थल पुगेका खेलाडीहरूले झन्डै ४० घण्टा त्यहीँ बिताएपछि आज स्वदेश फर्किन लागेको जनाइएको छ।