२०८३ आश्विन १३ , मंगलबार

नेप्सेमा गिरावट आउँदा पनि यी कम्पनीको सेयर मूल्य बढ्यो

nepse-down_LRX78U8ZE3

सुनाखरी न्युज/ काठमाडौं ।

सेयर बजारमा गिरावट आउने क्रम मंगलबार पनि जारी रहेको छ।साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक ९.६२ अंकले घटेको हो।मंगलबार नेप्से परिसूचक ९.६२ अंकले घटेर २६०३.७१ अंकमा झरेको छ।आज कुल १ करोड १० लाख ६९ हजार कित्ता सेयर किनबेच भएको छ। कारोबार रकम भने ४ अर्ब ६५ करोड ४८ लाख रुपैयाँ पुगेको छ।

कारोबार भएका कम्पनीमध्ये अधिकांशको सेयर मूल्य घटेको छ। आज ६९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९९ वटा कम्पनीको मूल्य घटेको छ। त्यस्तै, १० वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

बढ्ने कम्पनीतर्फ आइसीएफसी फाइनान्सको सेयर मूल्य सर्वाधिक ९.१८ प्रतिशत बढेको छ। त्यस्तै, सयपत्री हाइड्रोपावरको ६।७९ प्रतिशत, नेपाल एसबीआई डिबेन्चरको ६.४२ प्रतिशत, सर्वोत्तम पेन्ट्सको ६.२९ प्रतिशत र सानिमा ग्रोथ फण्डको ३.८२ प्रतिशतले सेयर मूल्य बढेको छ।