२०८३ आश्विन १३ , मंगलबार

नेपाली मौलिक खाना गुन्द्रुकको राष्ट्रिय कार्यशालामा सहभागिता

Invitation_Gundruk Workshop_2083

सुनाखरी न्युज/ काठमाडौं ।

उपरोक्त विषयमा आरोग्य पर्यटन वर्ष २०२७ लाई थप प्रभावकारी, प्रवद्र्धनात्मक तथा परिणाममुखी बनाउन होटल संघ नेपालले नेपाली मौलिक तथा परम्परागत खानाको संरक्षण, प्रवद्र्धन र पर्यटनसँगको सम्बन्धलाई उजागर गर्ने उद्देश्यले नेपाल पर्यटन, होटल तथा पर्वतारोहण प्रतिष्ठान, रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल  ( रेबान ) , सेफ्स एसोसिएसन नेपाल तथा अन्य सम्बन्धित सरोकारवालाहरूको समन्वयमा “गुन्द्रुक राष्ट्रिय कार्यशाला–२०८३” आयोजना गर्न लागेको व्यहोरा सादर जानकारी गराउन चाहन्छौं ।

यस महत्वपूर्ण कार्यक्रममा यहाँको सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौं । साथै, कार्यक्रमलाई थप प्रभावकारी एवं व्यवहारिक बनाउन सहभागीहरूलाई गुन्द्रुकबाट तयार गरिएका विभिन्न मौलिक तथा आधुनिक परिकारहरू पस्किने पनि अनुरोध गर्दछौं ।

कार्यक्रमः

मितिः २०८३ असोज १५ गते, बिहीबार

समयः दिउँसो २ : ०० बजे

स्थानः नेपाल पर्यटन, होटल तथा पर्वतारोहण प्रतिष्ठान, रविभवन, काठमाडौं