२०८३ आश्विन १३ , मंगलबार

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्षमा चयन

aiib_-1024×684

सुनाखरी न्युज/ काठमाडौं ।

एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा नेपाल  चयन भएको छ । कतारको राजधानी दोहामा जारी बैंकको गभर्नर परिषद्को ११औँ वार्षिक बैठकको अवसरमा नेपाललाई आगामी वर्षका लागि गैर–क्षेत्रीय सदस्य मुलुकतर्फको उपाध्यक्ष पदमा चयन गरिएको हो ।

एआईआईबीको संगठनात्मक संरचनाअनुसार एक जना अध्यक्ष तथा क्षेत्रीय र गैर–क्षेत्रीय सदस्य मुलुकहरूबाट उपाध्यक्ष रहने प्रावधान छ । यस पटक नेपालसँगै आयरल्याण्ड पनि उपाध्यक्षको रूपमा चयन भएको छ ।

 

वार्षिक बैठकका अवसरमा अर्थमन्त्री एवम् एआईआईबीका लागि नेपालका गभर्नर डा। स्वर्णिम वाग्लेले उक्त जिम्मेवारी औपचारिक रूपमा ग्रहण गरे । बैठकको दोस्रो दिन आयोजित गभर्नर्स बिजनेस राउण्ड टेबललाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले पूर्वाधारमार्फत हुने पूँजी निर्माण कम विकसित मुलुकहरूको आर्थिक वृद्धिको प्रमुख स्रोत रहेकोमा जोड दिए ।