२०८३ आश्विन १३ , मंगलबार

पहिरोले घर पुरिँदा च्यापिएका एकजनाको सकुशल उद्धार

udhar_14qXdeY5Ol-785×453

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल प्रहरीको टोलीले पर्वतमा सुख्खा पहिरोमा च्यापिएका एक वृद्धको सकुशल उद्धार गरेको छ।आज बिहान करिब ०५ : ३० बजे माथिबाट ढुङ्गा–माटोसहितको सुख्खा पहिरो खस्दा सोही स्थान बस्ने अन्दाजी ६५ वर्षीय आत्माराम आचार्य घरभित्र च्यापिएको अवस्थामा फेला परेका थिए।

उनलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको हो।पहिरोमा परी घाइते भएका आचार्यको दाहिने आँखाको माथिल्लो भाग र टाउकोमा चोट लागेको छ। बोल्न सक्ने अवस्थामा रहेका उनको स्वास्थ्य स्थिति मध्यम रहेको प्रहरीले जनाएको छ।

उनलाई थप उपचारका लागि म्याग्दीस्थित प्रदेश अस्पताल बेनी पठाइएको छ।