
सुनाखरी न्युज/ काठमाडौं ।
कांग्रेसका सभापति गगनकुमार थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् । थापा १५औं महाधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि चयन भएका हुन् ।
यस्तै, उपसभापति विश्वप्रकाश शर्मा झापा-१ मा मतदानमार्फत निर्वाचित भएका छन् । शर्माले ६३८ मत पाएर महाधिवेशन प्रतिनिधि चुनिएका हुन् । झापा-१ मा महाधिवेशन प्रतिनिधिको मतदानमा ७१० मतदाता थिए।
कांग्रेसको महाधिवेशन यही असोज १६ गतेका लागि तय भएको थियो तर बाढीपहिरोका कारण केही दिन पछि सार्ने तयारी गरिएको छ ।
संस्थापनइतरको शेरबहादुर देउवा समूहले पनि मंसिरमा छुट्टै महाधिवेशन गर्ने तयारी थालेको छ ।