२०८३ आश्विन १२ , सोमवार

‘पेन्सन पट्टा’ को कमाइ ७ करोड नाघ्यो

pension-patta-teaser-released

सुनाखरी न्युज/ काठमाडौं ।

चलचित्र विकास बोर्डले हाल प्रदर्शनरत नेपाली चलचित्रको साप्ताहिक बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ । यो चलचित्र साउन १ गतेदेखि प्रदर्शनमा आएको थियो। यस्तै, माओत्से गुरूङ निर्देशित चलचित्र ‘पेन्सन पट्टा’ को ग्रस कमाइ सात करोड रूपैयाँ नाघेको छ।पछिल्लो आइतबार  ( ११ असोज ) सम्म फिल्मको कुल ग्रस कलेक्सन ७ करोड १ लाख रुपैयाँ पुगेको छ ।

निर्माताका अनुसार, पोखरामा मात्र यो फिल्मले १ करोडभन्दा धेरै कमाइ गरेको छ ।आइतबारसम्मको विवरणअनुसार ‘पेन्सन पट्टा’ ले सात करोड एक लाख ४१ हजार रूपैयाँ ग्रस कमाइ गरेको हो। चलचित्र हेर्न दुई लाख ४४ हजार ८४२ वटा टिकट बिक्री भएका छन्। चलचित्र तेस्रो सातामा प्रदर्शनरत छ ।

गरिबी, ऋणको बोझ र आमाछोराको संघर्षलाई यसको कथाको केन्द्रमा राखिएको छ। चलचित्रले पेन्सन पट्टाको खोजीमा निस्किएको राजनको यात्रामार्फत मानवीयता र सोचमा आउने परिवर्तनलाई प्रस्तुत गर्छ। चलचित्रमा दयाहाङ राई, गौमाया गुरूङ, बुद्धि तामाङ, विल्सन विक्रम राईलगायत कलाकारको अभिनय छ।