२०८३ आश्विन ११ , आइतवार

पक्राउ परेका पूर्वप्रधानन्यायाधीश जवरालाई छाडियो

Cholendra-Shumsher

सुनाखरी न्युज/ काठमाडौं ।

सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले रिहा गरेको छ । आइतबार दिउँसो प्रहरीले उनलाई छाडेको हो । आइतबारै बिहान करिब २ बजे काठमाडौंको महाराजगन्जस्थित निवासबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

उनी ११ घण्टाभन्दा बढी समय प्रहरीको नियन्त्रणमा थिए ।उनलाई ‘सुरक्षित’ स्थानमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । आइतबारै राति काठमाडौंको महाराजगन्जस्थित निवासबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सुरक्षा जोखिम देखिएकाले आफूहरुको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ । हाल उनलाई परिवारको जिम्मा लगाइसकेको छ ।