२०८३ आश्विन ११ , आइतवार

सुनचाँदीको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

Gold Silver

सुनाखरी न्युज/ काठमाडौं ।

आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ७०० रुपैयाँ र चाँदीको मूल्य तोलाको ३५ रुपैयाँ बढेको हो ।

आजको बजारमा सुन प्रतितोला २ लाख ९९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । गत हप्ताको शुक्रबार बजारमा सुन प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आजको बजारमा चाँदी प्रतितोला ४ हजार ६६५ रुपैयाँमा कारोबार भइरहेको छ । गत हप्ताको शुक्रबार बजारमा चाँदीको मूल्य तोलाको ४ हजार ६२० रुपैयाँमा कारोबार भएको थियो ।