
सुनाखरी न्युज/ काठमाडौं ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले निजी निवासबाट पक्राउ गरेको छ । महाराजगञ्जस्थित निवासबाटै उनलाई पक्राउ गरिएको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ । विस्तृत विवरण आउन बाँकी छ ।
उनी १७ पुस २०७५ मा प्रधानन्यायाधीश बनेका उनीविरुद्ध २०७८ फागुन १ गते महाअभियोग दर्ता भएको थियो । त्यसपछि उनी निलम्बनमा परेका थिए । विस्तृत विवरण आउन बाँकी छ ।
महाअभियोग लामो समयसम्म संसद्मा अलपत्र भएको थियो । संसद्को अधिवेशन नै समाप्त भएपछि तत्कालीन महासचिवले महाभियोग निष्क्रिय भएको पत्र लेखेका थिए । संसद् सचिवालयका तत्कालीन महासचिवको सफाइ पत्रविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो ।