
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली कांग्रेसले १५औं महाधिवेशनको तयारीलाई व्यवस्थित बनाउन १५ वटा समिति गठन गरेको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको भदौ १ गतेको बैठकले सभापति गगन थापाको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरेको थियो।
महाधिवेशन व्यवस्थापन, आर्थिक, सूचना–सञ्चार, आवास, भोजन, स्वास्थ्य, यातायात लगायतका कामका लागि छुट्टाछुट्टै समिति बनाइएको हो।
त्यसैलाई थप व्यवस्थित बनाउन विभिन्न समिति गठन गरिएको कांग्रेसले जनाएको छ। कांग्रेस केन्द्रीय महाधिवेशन असोज १६ गतेदेखि १९ गतेसम्म काठमाडौँको खुल्ला मञ्चमा हुनेछ।
१। केन्द्रीय निर्देशन समिति
सभापति गगनकुमार थापाको संयोजकत्वमा केन्द्रीय निर्देशन समिति गठन गरिएको छ। समितिमा उपसभापति विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुषाल, महामन्त्री प्रदीप पौडेल, महामन्त्री गुरुराज घिमिरे, कोषाध्यक्ष उमेश श्रेष्ठसहित १२ जना सदस्य छन्। प्रमुख राजनीतिक सल्लाहकार प्रताप पौडेल सदस्य सचिव छन्।
२। आर्थिक व्यवस्थापन समिति
कोषाध्यक्ष उमेश श्रेष्ठको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति गठन गरिएको छ।
३। सूचना, सञ्चार र प्रविधि समिति
प्रवक्ता देवराज चालिसेको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिमा केन्द्रीय सदस्य हरिशरण नेपाली, अजयबाबु शिवाकोटी, डा. सुरेश आचार्य, शिव लम्साल, अनिता विन्दु, मोहन गजुरेल र शशांकश्री न्यौपाने छन्।
४। सचिवालय व्यवस्थापन तथा सूचना समन्वय समिति
उदयशमशेर राणाको संयोजकत्वमा समिति गठन गरिएको छ। यसमा केन्द्रीय सदस्य नानु वास्तोला, प्रकाश पन्थ, मुना भुषाल, निपा चोखाल, ममता शर्मा लगायत सदस्य छन्। प्रत्येक प्रदेशबाट प्रदेश सभापतिको परामर्शमा एक–एक जना सदस्य रहनेछन्।
५। अतिथि स्वागत समिति
सहमहामन्त्री डा। डिला संग्रौला पन्तको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिमा केन्द्रीय सदस्य शान्ति परियार, गीता सत्याल, प्रमोदहरि गुरागाईं र धर्मराज गौतम छन्।
६। महाधिवेशन समारोह स्थल व्यवस्थापन समिति
काठमाडौं जिल्ला सभापतिको संयोजकत्वमा समिति गठन गरिएको छ। यसमा ललितपुर, भक्तपुर र काभ्रे जिल्ला सभापति तथा काठमाडौं उपत्यकाभित्रका क्षेत्रीय र नगर सभापतिहरू सदस्य रहनेछन्।
७। प्रदेश र स्थानीय तहगत समन्वय समिति
सहमहामन्त्री बहादुरसिंह लामाको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिमा केन्द्रीय सदस्य प्रतिमा गौतम, जानकी सिंह, गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका संघका अध्यक्ष तथा प्रदेश सभापतिले तोकेको एक–एक जना रहनेछन्।
८। ज्येष्ठ महाधिवेशन प्रतिनिधि समन्वय समिति
सुधीर शिवाकोटीको संयोजकत्वमा समिति गठन गरिएको छ। अनुपा श्रेष्ठ तथा प्रत्येक प्रदेशबाट प्रदेश सभापतिले तोकेको एक–एक जना सदस्य रहनेछन्।
९। स्वयंसेवक व्यवस्थापन समिति
केन्द्रीय सदस्य गणेश लामाको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिमा भूतपूर्व सैनिक संघ र भूतपूर्व प्रहरी संघका अध्यक्ष रहनेछन्।
१०। भोजन व्यवस्थापन समिति
केन्द्रीय सदस्य तिलक रानाभाटको संयोजकत्वमा समिति गठन गरिएको छ। सदस्यमा केन्द्रीय सदस्य मनकुमारी गुरुङ, डा। अमिता प्रधान, मनोजमणि आचार्य तथा प्रत्येक प्रदेश कार्यसमितिबाट एक–एक जना रहनेछन्।
११। आवास व्यवस्थापन समिति
केन्द्रीय सदस्य रमेशप्रसाद धमलाको संयोजकत्वमा समिति गठन गरिएको छ। सदस्यमा केन्द्रीय सदस्य नारायण भट्टराई, दिनेश सुनार, लेखनाथ पोख्रेल, नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघका अध्यक्ष तथा प्रत्येक प्रदेशबाट एक–एक जना रहनेछन्।
१२। स्वास्थ्य समिति
केन्द्रीय सदस्य डा। केदारनरसिंह केसीको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिमा डा। अन्जनीकुमार झा, प्रजातन्त्रवादी चिकित्सक संघ, नेपाल स्वास्थ्यकर्मी संघ र नेपाल लोकतान्त्रिक आयुर्वेद चिकित्सक संघका अध्यक्ष रहनेछन्।
१३। यातायात व्यवस्थापन समिति
केन्द्रीय सदस्य विजयबहादुर स्वाँरको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिमा नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघका अध्यक्ष र सानुकाजी प्रजापति छन्।
१४। सांस्कृतिक–साहित्यिक संयोजन समिति
केन्द्रीय सदस्य सीता गुरुङको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिमा नेपाल सांस्कृतिक महासंघ र नेपाली लेखक संघका अध्यक्षसहित दुर्गा रायमाझी, प्रकाश लामिछाने र विपिन किरण सदस्य छन्।
१५। विधान मस्यौदा समितिमा थप सदस्य
विधान मस्यौदा समितिमा केन्द्रीय सदस्य इश्वरी न्यौपाने र अधिवक्ता प्रमिस खनाललाई थप गरिएको छ।
कांग्रेसले यी समितिहरूले आ–आफ्नो जिम्मेवारीअनुसार काम गर्दै महाधिवेशनका सबै प्रक्रिया व्यवस्थित रूपमा सम्पन्न गर्न सहयोग गर्ने जनाएको छ।