२०८३ आश्विन १० , शनिवार

निरन्तरको वर्षाले उपत्यकाको फोहर व्यवस्थापनमा समस्या

Highway

सुनाखरी न्युज/ काठमाडौं ।
वर्षाका कारण काडमाडौं उपत्यकाको फोहर अन्तिम व्यवस्थापनमा समस्या भएको छ ।

काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार वर्षाका कारण सिस्डोल ल्यान्डफिल साइटमा लेदोसहितको पानी बग्न थालेपछि फोहर ढुवानी र व्यवस्थापनमा समस्या आएको हो ।

अन्तिम फोहर व्यवस्थापनमा समस्या आएको भन्दै प्रमुख राईले स्रोतमा नै व्यवस्थापन गर्न नगरवासीलाई आग्रह गरेकी छन् ।