
सुनाखरी न्युज/ काठमाडौं ।
अविरल वर्षाका कारण ललितपुरको च्यासल क्षेत्रमा नदीको सतह बढेको छ । उनी केहीबेरअघि च्यासल नजिकै बाढीको अनुगमनमा पुगेको सचिवालयले जनाएको छ ।
उनले कार्यालय आसपासको अवस्था तथा खोलाको पानीको बहावबारे जानकारी लिएका छन्। नेकपा एमालेको केन्द्रीय कार्यालय नजिकै खोला छेउमा गृहमन्त्री गुरुङ पुगेका हुन् । निरन्तरको वर्षापछि काठमाडौंका विभिन्न नदीहरूको सतह बढेको छ ।