
सुनाखरी न्युज/ काठमाडौं ।
बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार २०० रुपैयाँ र चाँदी तोलामा १६५ रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको बजारमा सुन प्रतितोला दुई लाख ९९ हजार १०० रुपैयाँ खरिदबिक्री भएको छ। बुधबारको बजारमा सुन प्रतितोला तीन लाख दुई हजार ३०० रुपैयाँ खरिदबिक्री भएको थियो।
त्यस्तै, आजको बजारमा चाँदी प्रतितोला चार हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला चार हजार ८१५ रुपैयाँमा कारोबार भएको थियो ।