२०८३ आश्विन ८ , बिहिवार

त्रिभुवन विमानस्थलबाट सुनसहित भारतीय नागरिक पक्राउ

istockphoto-1463852165-612×612

 

सुनाखरी न्युज/ काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । एक किलो १५९ ग्राम तौलको अर्धठोस सुनसहित भारतीय नागरिक ५३ वर्षीया मीना सुरजितसिंह खेमानीलाई मंगलबार राति पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ।

एयर अरेबियाको उडानद्वारा शारजहाँबाट काठमाडौं आएकी उनलाई प्रहरीले जाँच गर्ने क्रममा प्लास्टिकले र्‍याप गरेको ३ वटा डल्लाको सुनजस्तो देखिने अर्धठोस पदार्थ फेला पारी पक्राउ गरेको हो।