
सुनाखरी न्युज/ काठमाडौँ ।
मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभावले देशका विभिन्न प्रदेशमा पानी परिरहेको छ । केही क्षेत्रमा अति भारी वर्षाको चेतावनी छ।
नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीको गहिरो न्यून चापीय क्षेत्र (डीप डिप्रेसन) भारतको विशाखापट्टनम र गोपालपुरको बीच, कलिंगपट्टनमको दक्षिणपश्चिम नजिकबाट उत्तर आन्ध्र प्रदेश तथा आसपासको दक्षिण ओडिशा तट पार गरेको छ ।
यो प्रणाली सुरुमा गहिरो न्यूनचापीय क्षेत्रकै तीव्रता कायम राख्दै उत्तरपश्चिमतर्फ सर्ने सम्भावना रहेको छ भने त्यसपछि आगामी २४ घण्टामा उत्तर-उत्तरपश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
हाल कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बादल लागेको छ भने सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लागेको छ । कोशी, मधेश र बागमती प्रदेशमा धेरै स्थानमा, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा तथा कर्णाली र सूदूरपश्चिम प्रदेशको एक(दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
पछिल्लो २४ घण्टामा पाल्पाको बल्ढेङगढीमा सबैभन्दा बढी १६२।८ मिलिमिटर वर्षा भएको छ । त्यस्तै अर्घाखाँचीको सिमलपानीआसपासमा १३८ मिलिमिटर, कपिलवस्तुको भगवानपुरमा १२९ मिलिमिटर, दाङको कोइलाबास क्षेत्रमा ८४ मिलिमिटर, रुपन्देहीको सैनामैना क्षेत्रमा ८३ मिलिमिटर, तनहुँको खैरेनीटार आसपास ८५ मिलिमिटर वर्षा भएको छ ।
बिहीबार
दिउँसोः कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्ने तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका अधिकांश स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ।
मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागको अधिकांश स्थान, सुदूरपश्चिम प्रदेशको तराई भू-भागको केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ ।
रातिः देशभर अधिकांश बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका अधिकांश स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ । मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू(भागको अधिकांश स्थानमा तथा सुदूरपश्चिम प्रदेशको तराई भू-भागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा साथै मधेश प्रदेशको एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना छ । मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्विनी प्रदेशको तराई भू-भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।
शुक्रबार
दिउँसोः देशभर अधिकांश बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली भू(भागका अधिकांश स्थानमा तथा सुदूरपश्चिम प्रदेशको हिमाली भू(भागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग, कर्णाली प्रदेशका पहाडी भू(भागका साथै मधेश प्रदेशका अधिकांश स्थानमा तथा सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना छ । लुम्बिनी र गण्डकी प्रदेशको एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ । मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू(भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।