
सुनाखरी न्युज/ काठमाडौं ।
बुधबार नेप्से परिसूचक ३६.२५ अंकले घटेर २६१८ . 0३ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३५२ वटा कम्पनीको २ करोड १६ लाख २२ हजार ७२८ कित्ता शेयर कारोबार हुँदा करोबार रकम ६ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । मंगलबरको तुलनामा कारोबार रकम ६९ करोड रुपैयाँले घटेको हो। मंगलबार कारोबार रकम ७ अर्ब ४ करोड रुपैयाँ थियो। यस दिन सेन्सेटिभ इण्डेक्स १.३३ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.४२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३७ अंक घटेको छ।
यस दिन सबै उप समूह घटका छन् । बैंकिङ १.२२ प्रतिशतले, विकास बैंक १.३६, वित्त १.०९, होटल्स तथा पर्यटन समूह ०.९८, जलविद्युत १।६६, लगानी १.४९, जीवन बीमा २.०४, उत्पादन र प्रशोधन ०.४५, लघुवित्त १.३१, म्युअुचल फण्ड ०.१५ निर्जीवन बीमा १.३२, अन्य समूह १.६५ र व्यापार समूह १.२६ प्रतिशतले घटेका छन्।
धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १५ प्रतिशतले बढेको छ । अन्य स्टकहरुको मूल्य वृद्धिदर भने साढे ५ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ८.५४ प्रतिशत घटेको छ।