२०८३ आश्विन ७ , बुधवार

नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना

819068755_1333807551972652_2258449831073379023_n-1790132660

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा बुधबार आयोजित संक्षिप्त समारोहमा परराष्ट्रमन्त्री शिशिर खनाल र ग्रेनाडाका अर्थमन्त्री डेनिस कर्नवालले कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षरअघि दुई मन्त्रीबीच आपसी हितका विभिन्न विषयमा छलफल भएको थियो । उनीहरूले दिगो विकास लक्ष्य  ( एसडीजी )  कार्यान्वयनमा तीव्रता दिनुपर्ने तथा जलवायु परिवर्तनका प्रभाव सम्बोधन गर्नुपर्नेमा जोड दिएका थिए ।

अमेरिकास्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा अमेरिकी समय अनुसार मंगलबार भएको एक कार्यक्रममा नेपालका परराष्ट्रमन्त्री शिशिर खानाल र ग्रेनाडा सरकारका अर्थमन्त्री डेनिस कोर्नवालले कूटनीतिक सम्बन्ध स्थापना गर्ने संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका हुन् ।