२०८३ आश्विन ६ , मंगलबार

सेयर बजार २६५४ अंकमा, ७ अर्ब नाघ्यो कारोबार

nepse1678184880

सुनाखरी न्युज/ काठमाडौं ।

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार सामान्य अंकको सुधारसहित बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज  ( नेप्से )  परिसूचक ७.०६ अंकले बढेर २६५४ विन्दुमा कायम भएको हो।दिनभरिको कारोबारमा १३७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १३१ वटा कम्पनीको मूल्य घटेको छ। साथै, ११ वटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन। परिसूचकसँगै कारोबार रकममा पनि उत्साहजनक सुधार आएको छ। अघिल्लो कारोबार दिन ६ अर्ब ७४ करोड रुपैयाँको सेयर खरिदबिक्री भएकोमा आज बढेर ७ अर्ब ४ करोड रुपैयाँ नाघेको छ।

आजको कारोबारमा विशेषगरी ‘अन्य’ समूहमा लगानीकर्ताको उच्च आकर्षण देखियो। उक्त समूहको सूचक सबैभन्दा धेरै १।३६ प्रतिशतले बढेको छ। यसबाहेक जीवन बीमा ०.८२, लगानी ०.४८, माइक्रोफाइनान्स ०.४८, विकास बैंक ०.४३, बैंकिङ ०.३५ र होटल तथा पर्यटन समूह ०. ३१ प्रतिशतले उकालो लागेका छन्। अर्कोतर्फ व्यापार ०.९३, फाइनान्स ०.५२, उत्पादन तथा प्रशोधन ०.२४, जलविद्युत् ०.१४ र निर्जीवन बीमा समूह ०.०२ प्रतिशतले घटेका छन्।

बजारमा समग्रमा १३७ कम्पनीको सेयर मूल्य बढ्दा १३१ कम्पनीको घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ।समूहगत आधारमा आज अन्य समूहमा १.३६ प्रतिशत सुधार हुँदा अन्य समूहमा मिश्रित अवस्था देखिएको छ । यद्यपि अन्य बाहेक सबै समूहमा एक प्रतिशत भन्दा कम मात्रै उतार चढाव आएको छ । सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीमा हाथवे इन्भेस्टमेन्ट नेपाल शीर्ष स्थानमा रहेको छ। त्यसपछि हिमालयन डिस्टिलरी र घलेम्दी हाइड्रो क्रमश छन् ।