
सुनाखरी न्युज/ काठमाडौं ।
प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा भाग लिन मंगलबार साँझ ७ बजे अमेरिकाको न्यूयोर्क जाँदैछन् । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा . स्वर्णिम वाग्लेलाई दिइएको छ ।
उनले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उक्त सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकेका हुन् ।
प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा यही ८ असोजमा सम्बोधन गर्ने कार्यतालिका छ । उनी यही १० असोजमा स्वदेश फिर्ता हुने तालिका छ ।