
सुनाखरी न्युज/ काठमाडौं ।
त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा गम्भीर घाइते भएका चालक दावा लामाको उपचारका क्रममा मृत्यु भएको छ।रिद्धिसिद्धि यातायातको बा५ख ४२७४ नम्बरको बसमा सोमबार मध्याह्न त्रिपुरेश्वरचोकस्थित बस स्टपमा आगलागी भएको थियो। आगलागीमा परेका २५ वर्षीय लामालाई करिब १ बजे कीर्तिपुर अस्पताल पुर्याइएको थियो।
अस्पतालका अनुसार लामाको शरीरको करिब ९० प्रतिशत भाग जलेको थियो। उनको सोमबार राति उपचारका क्रममा मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ। यसअघि उनको साथमा दावा लामा नामका कागजात फेला परेको आधारमा प्रहरीले सोही जानकारी गराएको भए पनि उनी दावा हुन् कि होइनन् भन्ने पुष्टि हुन नसकेको उनले बताए । “आफन्त कोही सम्पर्कमा आएका छैनन्,” थापाले भने, “नाम नै पहिचान हुन सकेन । आफन्त कोही आएका छैनन् ।
म नजिकको दाइ हुँ भन्दै हिजो एकजना सम्पर्कमा आएका थिए तर पछि उनी पनि सम्पर्कमा आएका छैनन् ।” काठमाडौंको त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुनुअघि उक्त बसका चालक र ट्राफिक प्रहरीबीच विवाद भएको पाइएको छ । रिद्धिसिद्धी यातायातको बा५ख ४२७६ नम्बरको बसका चालक २५ वर्षीय दावा लामा भएको प्रहरीले जानकारी गराएको थियो ।
ट्राफिक प्रहरीबीच जरिबानालाई लिएर विवाद भएको भिडियो सामाजिक सञ्जालमा यतिबेला भाइरल भएको छ । त्रिपुरेश्वरस्थित चोकमा चालक लामा र ट्राफिक प्रहरीबीच विवाद भएको देखिन्छ । यसको केही समयपछि चालक लामाले गाडी त्रिपुरेश्वर चोकबाट केही अगाडि राहदानी विभागको भवननजिकको बस स्टपमा रोकेका थिए ।
त्यही रोकिरहेको बसमा सोमबार मध्याह्न सवा १२ बजेतिर आगलागी भएको थियो । आगलागीमा परी चालक गम्भीर घाइते भएका थिए ।घटनाको यथार्थ विवरण पत्ता लगाउन काठमाडौँ उपत्यका प्रहरी कार्यालयले एक छानबिन समिति गठन गरी अनुसन्धान अगाडि बढाएको छ। अर्कातर्फ, यातायात व्यवसायीहरूले भने ट्राफिक प्रहरीको ज्यादतीका कारण दुःखद घटना हुन पुगेको आरोप लगाएका छन् ।