२०८३ आश्विन ६ , मंगलबार

शेयर कारोबार आजदेखि नियमित, सल्टियो नेप्सेको समस्या

Nepse-2

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आजदेखि सेयर कारोबार सञ्चालन हुने भएको छ ।

नेप्सेका  कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमित रूपमा सञ्चालन हुने भएको हो ।

 

नेप्सेका अनुसार ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब’मा देखिएको प्राविधिक समस्या समाधान भइसकेकोले कारोबार नियमित गर्न लागिएको हो ।

डेटा हबमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या आएपछि नेप्सेले असोज ५ गते सोमबार नियमित सेयर कारोबार स्थगित गरेको थियो ।