
सुनाखरी न्युज/ काठमाडौं ।
नेपालको #१ डाउनलोड गरिएको ट्राभल एप ट्रिप टर्बोले आज ट्राभल मेला २०२६ सुरु गरेको छ । नेपालको सबैभन्दा ठूलो ट्राभल सेलका रूपमा प्रस्तुत गरिएको यस क्याम्पेनमा यात्रुहरूका लागि विशेष ट्राभल डिल, गतिविधिमा ५०% सम्मको छुट, साप्ताहिक Fire Sale, TT Coin रिवार्ड तथा विभिन्न गिभअवेहरू समावेश छन् । क्याम्पेनको मुख्य आकर्षणका रूपमा दुई जनाका लागि काठमाडौं–बैंकक राउन्ड ट्रिप उडान रहेको छ ।
ट्राभल मेला २०२६ अन्तर्गत आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान, अन्तर्राष्ट्रिय होटल, बस टिकट, गतिविधि तथा विभिन्न ट्राभल अनुभवहरूलाई एउटै अभियानमा समेटिएको छ, जसले यात्रुहरूलाई आफ्नो आगामी यात्राको योजना बनाउँदा थप विकल्प र बचतका अवसर प्रदान गर्छ । ट्रिप टर्बोमार्फत विश्वभरका ६० लाखभन्दा बढी होटलमा पहुँच लिन सकिनेछ, जहाँ ग्राहकहरूले नेपाली रुपैयाँमा भुक्तानी गरी अन्तर्राष्ट्रिय होटल बुकिङ गर्न सक्छन् ।
“ट्राभल मेला नेपालका यात्रु समुदायसँग बृहत् रूपमा जोडिने र हाम्रो भिजन “Making Travel Simple” लाई निरन्तरता दिने हाम्रो एउटा माध्यम हो,” ट्रिप टर्बोका संस्थापक शिखर प्रसाईले भने, “डोमेस्टिक तथा इन्टरनेसनल फ्लाइट र होटलदेखि बस टिकट, गतिविधि र विभिन्न ट्राभल अनुभवसम्म, ट्राभल मेलाले यात्राका विभिन्न पक्षलाई एउटै ठाउँमा ल्याएको छ । यसले यात्रुहरूलाई आफ्नो आगामी यात्राको योजना बनाउन र यात्रासँगै थप रिवार्ड प्राप्त गर्न थप अवसर दिन्छ ।”
हवाई उडान र बस टिकटमा विशेष छुट
ट्राभल मेला २०२६ अवधिभर ग्राहकहरूले आफ्नो पहिलो आन्तरिक फ्लाइट बुकिङमा रु. २०० छुट तथा त्यसपछि FLIGHTMELA प्रोमो कोड प्रयोग गरी हरेक आन्तरिक फ्लाइट बुकिङमा रु. १५० छुट पाउनेछन् । त्यस्तै, BUSMELA26 प्रोमो कोड प्रयोग गरी बस टिकटमा रु. ७० छुट प्राप्त गर्न सकिनेछ । क्याम्पेन अन्तर्गत साप्ताहिक Fire Sale पनि सञ्चालन हुनेछ, जसमा सीमित संख्याका ग्राहकले आन्तरिक फ्लाइटमा रु. ३०० सम्म र बस टिकटमा रु. १०० सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
गिभअवे र ट्राभल अनुभव
ट्राभल मेला २०२६ अन्तर्गत दुई जना भाग्यशाली ग्राहकले काठमाडौं–बैंकक राउन्ड ट्रिप उडान जित्नेछन् । साथै, ग्राहकहरूले बुध्द एयर को माउन्टेन फ्लाईट तथा विभिन्न सिमित गन्तव्यका डोमेस्टिक फ्लाइट टिकट पनि जित्न सक्नेछन् । एडभेन्चर मन पराउने यात्रुहरूका लागि Zipline, Bungee, Paragliding, SkyScreamer, SUP, Skywalk, Hot Air Balloon र Paintball लगायतका अनुभवहरू गिभअवेमा समावेश छन् । सहभागी हस्पिटालिटी तथा एडभेन्चर पार्टनरहरूबाट विभिन्न स्टे तथा ट्राभल अनुभवहरू पनि उपलब्ध हुनेछन् ।
क्याम्पेनमा Ultima Lifestyle, Safari Bags, OOPS Nepal, Annapurna Cable Car, Highground Adventures, Balloon Nepal, Advance Paragliding, Gobungy, Paddle Nepal, The Cliff, Trishuli Villa/Riverside Resort र Skywalk लगायतका ब्रान्ड तथा पार्टनरहरूका गिभअवे र रिवार्डहरू पनि समावेश छन् । ट्राभल मेला अवधिभर Annapurna Cable Car, Gobungy को Bungee Jumping, The Cliff, The Last Resort र Nagarkot Zipline लगायतका गतिविधिमा ५०% सम्मको छुट पनि उपलब्ध हुनेछ । थप जानकारीका लागि ट्रिप टर्बोको वेबसाइट www.tripturbo.com मा जानुहोस् वा हामीलाई support@tripturbo.com मा सम्पर्क गर्नुहोस् ।
TT Coin बाट थप रिवार्ड
ट्राभल मेला २०२६ ले ग्राहकहरूलाई आफ्ना TT Coin प्रयोग गर्ने थप अवसरहरू पनि प्रदान गरेको छ । Trip Turbo को loyalty points का रूपमा रहेको TT Coin लाई आन्तरिक उडान, बस टिकट तथा Hot Air Balloon, ATV Trail, Bungee Jumping, Paragliding र Skywalk लगायतका सिमित ट्राभल तथा एडभेन्चर अनुभवमा छुट लिन प्रयोग गर्न सकिनेछ । ग्राहकहरूले TT Coin प्रयोग गरी Ultima Lifestyle का प्रडक्ट, QFX Cinemas का चलचित्र, Safari Bags, BigMart तथा Goldstar Shoes मा पनि रु. ५६० सम्मको छुट भौचर प्राप्त गर्न सक्नेछन् । ट्राभल मेला २०२६ ट्रिप टर्बोको एप र वेबसाइटमार्फत उपलब्ध हुनेछ । ट्राभल मेला २०२६ सेप्टेम्बर २० देखि अक्टोबर ३१, २०२६ सम्म सञ्चालन हुनेछ । लक्की ड्रमा सहभागी हुन ट्रिप टर्बो मार्फत कुनै पनि फ्लाइट, इन्टरनेसनल होटल, बस वा गतिविधि बुक गर्न सकिनेछ ।
ट्रिप टर्बोको बारेमा
“Making Travel Simple” दृष्टिकोणका साथ अघि बढिरहेको ट्रिप टर्बो नेपालको #1 डाउनलोड गरिएको ट्राभल एप हो, जसले यात्रुहरूलाई फ्लाइट, होटल, बस र विभिन्न गतिविधिसँग जोड्छ। सन् २०२१ मा स्थापना भएको Trip Turbo ले सेप्टेम्बर २०२४ मा आफ्नो मोबाइल एप आधिकारिक रूपमा सार्वजनिक गरेको थियो। Android, iOS र वेबमा उपलब्ध Trip Turbo मार्फत डोमेस्टिक तथा इन्टरनेसनल फ्लाइट बुकिङ, विश्वभरका ६० लाखभन्दा बढी इन्टरनेसनल होटलमा पहुँच, ७३ भन्दा बढी जिल्लाका बस टिकट, २०० भन्दा बढी गतिविधि तथा overnight stay बुक गर्न सकिन्छ। यी बुकिङहरू नेपाली मुद्रामा गर्न सकिन्छ ।
थप जानकारीका लागि : www.tripturbo.com