२०८३ आश्विन ५ , सोमवार

युट्युबर मनोज मानव उदयपुरबाट पक्राउ

मनोज-मानव

 

सुनाखरी न्युज/ काठमाडौं ।

प्रहरीको केन्द्रीय साइबर ब्यूरोले मनोज मानव भनेर चिनिने युट्युबर मनोजकुमार महतोलाई पक्राउ गरेको छ। मानवले लामो समयदेखि सिरहाका जनप्रतिनिधि, पत्रकार, उद्योगी, व्यवसायी, राजनीतिकर्मी, राष्ट्रसेवक कर्मचारीलगायतका बारेमा अत्यन्तै अराजक र अशिष्ट ढंगबाट बदनाम र चरित्रहत्या गर्ने मनसायले तथ्यहीन र धम्कीपूर्ण सामग्रीहरू सामाजिक सञ्जालबाट पोस्ट गर्ने कार्य गर्दै आएका थिए ।

साइबर ब्यूरोले बुधबार साँझ मनोजलाई पक्राउ गरेको हो।  ‘स्टार अनलाइन टिभी’ नामक युट्युबका सञ्चालक पक्राउ गरेर प्रहरीले विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाएको छ। अधिकारीले बताए ।

सिराहा घर भएका महतो पुस १९ मा पक्राउ परेका हुन् । यसअघि उनी विद्युतीय अपराध ऐन अन्तर्गतको कसुरमा पक्राउ परेर छुटेका थिए ।