
सुनाखरी न्युज/ काठमाडौं ।
आजको राशिफल
मेष ( चू,चे,चो,ला,लि,लू,ले,लो,अ ) भाग्य तथा राज्य भावमा गोचर गर्ने शुभ चन्द्रमाको प्रभावले सामाजिक क्षेत्रमा राम्रा काम गरी नाम कमाउन सकिनेछ । मित्र तथा आफन्तको सहयोग पाइने हुनाले दैनिकी सहज रूपमा बित्नेछ । खानपान, यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । प्रेमील जोडीहरुका लागी समयले साथ दिनेछ । सङ्गीत तथा फिल्मी क्षेत्रमा केही समय व्यातित हुनेछ ।
वृष ( ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो ) बिहानको समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आई सुरु गरेका कामहरू सम्पादन गर्न सकिने अवस्था रहने छैन । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । मध्यान्हबाट समय राम्रो रहेकोले आफन्त तथा अग्रजहरूको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । नयाँ काम पाउने तथा सुगम स्थानमा स्थानान्तरणको बलियो सम्भावना रहेको छ ।
मिथुन ( का,की,कू,घ,ङ,छ,के,को,हा ) बिहानको समय राम्रो रहेकोले व्यापार व्यवसाय फस्टाएर जानेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । आफन्त तथा सहपाठीहरूबाट सुनिने शुभ समाचारले उत्साह जगाउनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । मध्यान्हबाट समय मध्यमय रहेकोले भौतिक सम्पत्ति तथा बिलासी वस्तुका प्रयोग गर्दा ध्यान दिनुहोला ।
कर्कट ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अध्ययनमा मन जानेछ भने भनेजस्तो नतिजा हात पार्न सकिनेछ । आफन्त तथा मावली पक्षबाट आर्थिक सहयोग पाइनेछ । न्यायिक निर्णय तपाईँ आफ्नै पक्षमा फैसला हुनेछ । निर्माण सामाग्री, खाद्यान्न तथा बिलासी समानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । खानपान, यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । तर पनि भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला ।
सिंह ( मा,मी,मू,मे,मो,टा,टी,टू,टे ) सन्तान तथा आफन्तको साथले राम्रा काम गर्न सकिनेछ । शत्रुले दुःख दिन खोजे पनि अन्ततः उनीहरूलाई परास्त गर्दै अगाडी बढ्न सकिनेछ । आफन्त तथा मावली पक्षबाट सहयोगको अपेक्षा गर्न सकिनेछ । न्यायालयमा हुने सुनुवाइ तपाईँकै पक्षमा हुने हुनाले मन प्रसन्न हुनेछ । पढाइ लेखाइमा प्रतिद्वन्द्विहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।
कन्या ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो ) बिहानको समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या देखिन सक्छ । कार्यक्षेत्रमा समर्थन गर्नेभन्दा आलोचना गर्नेहरू सक्रिय हुनेछन् । मध्यान्हबाट समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ भने अध्ययनकै सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । व्यापार र वित्तीय क्षेत्रमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ ।
तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते ) बिहानको समय राम्रो रहेकोले निर्माण सामाग्री तथा दैनिक उपभोग्य सामानमा व्यापारबाट मनग्गे आम्दानी हुनेछ । खेलकुद तथा पराक्रमी क्रियाकलाप भाग लिने अवसर जुर्ने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले पढाइमा मन लाग्ने छैन । आफन्त तथा आमासँग टाढिएर यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ ।
वृश्चिक ( तो,ना,नी,नू,ने,नो,या,यी,यू ) पढाइ लेखाइमा मन जाने हुनाले सफलता हात पार्न सकिनेछ । छोटो दुरीको आन्तरिक यात्राको तय गर्न सकिनेछ । दाजुभाइबाट सहयोग पाइने हुनाले आट तथा साहस गरी लगानी बढाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ । सकारात्मक सोचको माध्ययमबाट रूढिवादी परम्परालाई चिरफार गर्न सकिनेछ ।
धनु ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे ) कार्यक्षेत्रमा तपाईँको बोलीको प्रभावले महत्त्वपूर्ण अर्थ राख्दछ । सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । नातागोताको सहयोगले सुरु गरेको कामहरू स्वतः स्फूर्त रूपमा अगाडी बढ्नेछन् । व्यापारमा लगानी गरी आर्थिक पक्ष सुदृढ बनाउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ ।
मकर ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी ) बिहानको समय मध्यम रहेकोले अरूको विश्वास गर्नाले धोका पाइनेछ भने आश्वासन बाँड्नेदेखि सजक रहनुहोला । व्यापारमा मन्दी आउनाले अर्थ अभावले सताउनेछ । मध्यान्हबाट राजनीति तथा सामाजिक क्षेत्रमा राम्रो काम गर्न सकिने हुनाले मान सम्मान प्राप्त हुनेछ । व्यापार, उद्योग तथा वित्तीय क्षेत्रमा गरेको लगानीबाट लाभ लिन सकिनेछ ।
कुम्भ ( गू,गे,गो,सा,सी,सू,से,सो,दा ) बिहानको समय उत्तम रहेकोले दैनिक उपभोग्य सामान, निर्माण सामाग्रीको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । प्रविधिको प्रयोग गरी अध्ययनलाई निरन्तरता दिन सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । मध्यान्हबाट साथीभाइ तथा आफन्तहरूको भेटघाटले नयाँ काम गर्ने अवसर आए पनि फाइदाको लागी अलि बढी मेहनत गर्नुपर्नेछ ।
मीन ( दी,दू,थ,झ,ञ,दे,दो,चा,ची ) प्राकृतिक स्रोत तथा साधनको प्रयोगले आम्दानीमा वृद्धि गर्न सकिनेछ । शिक्षा तथा चेतनामूलक कामहरूबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । अग्रज तथा बुवाबाट गाइडलाइन प्राप्त हुनाले अग्रगामी छला¨ मार्न सकिनेछ । माया प्रेमको बन्धन कसिलो भएर जानेछ । परिवारका इच्छा तथा आकाङ्क्षाहरू पुरा गर्न सकिने हुनाले मन खुसी रहनेछ ।