२०८३ आश्विन ४ , आइतवार

बेनी हाइड्रोपावरको आईपीओ भोलि बाँडफाँड हुँदै

IPO-_20250613074145

 सुनाखरी न्युज/ काठमाडौं । 

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर ( आईपीओ )  बिक्री खुला गरेको छ। कम्पनीको आईपीओ निष्काशन एवं बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले सोमबार बिहान ९ बजे बाँडफाँडको तयारी गरेको हो।

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ६३ हजार २०० कित्ता आईपीओ बिक्री खुला गरेको थियो। बिक्री अवधिभर २३ लाख ६१ हजार १२४ जनाले २ करोड ६३ लाख ७१ हजार ७४० कित्ता माग गर्दै आवेदन दिएका छन्।

मागभन्दा करिब ३० गुणा बढी आवेदन परेकाले गोलाप्रथा विधिद्वारा आईपीओ बाँडफाँड हुनेछ। बाँडफाँडमा भाग्यशाली ८६ हजार ३२० जनाले १०–१० कित्ताका दरले आईपीओ हात पार्नेछन् भने बाँकी आवेदकको हात भने खाली हुनेछ।