२०८३ आश्विन ४ , आइतवार

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

gold

 

सुनाखरी न्युज/ काठमाडौं ।

साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँले र चाँदी तोलामा २० रुपैयाँले बढेको हो ।

आइतबार सुन प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला ३ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आइतबार चाँदी प्रतितोला ४ हजार ७९५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ७७५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३७७.९१ अमेरिकी डलर र चाँदी ६६.२५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।