२०८३ आश्विन ४ , आइतवार

भाटभटेनीको टंगाल स्टोर भोलिदेखि पुनः सञ्चालनमा आउने

bhatbhateni-tangal-sakha-22-1024×599

 

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौंको टंगालस्थित भाटभटेनी सुपर स्टोर भोलि सोमबारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार टंगाल स्टोर सोमबारदेखि नियमित रूपमा सञ्चालनमा आउन लागेको हो । टंगाल स्टोर पुनः सञ्चालनसँगै ग्राहकलाई आधुनिक सुविधा र गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता यथावत् रहेको कम्पनीले जनाएको छ । उनका अनुसार भाटभटेनीमा कार्यरत १० हजारभन्दा बढी कर्मचारीलाई रोजगारीबाट अलग नगरी पुनः सञ्चालनमा आएका स्टोरहरूमा उनीहरूको भूमिकालाई निरन्तरता दिइएको छ ।

‘मनमा पीडा थियो, आँखामा आँसु थियो, आँखै अगाडिका स्टोरमा आगो बलिरहेका थिए तर पनि हामीले राज्यप्रतिको दायित्व बिर्सिएनौँ, कर्मचारीप्रतिको दायित्व, भूकम्प, कोभिडलगायतका बेला भाटभटेनीले पुर्‍याएको योगदान सम्झियौँ । र, हामी एउटा निष्कर्षमा पुग्यौँ–खरानीबाट फेरि उठ्ने छौँ,’ गुरुङले विज्ञप्तिमार्फत भनेका छन् ।

दमक र हेटौंडाका स्टोरहरूमा आवश्यक संरचनागत काम, उपकरण व्यवस्थापन, आन्तरिक निर्माणको काम जारी रहेको उनले बताए । यी स्टोरबाट पनि ग्राहकले पुनः छिट्टै सेवा पाउने लक्ष्य कम्पनीको रहेको उनले बताए । पुनर्निर्माणमा गुणस्तर र दीर्घकालीन सञ्चालनलाई समेत ध्यानमा राखिएको कम्पनीको भनाइ छ ।