२०८३ आश्विन ३ , शनिवार

चालु आर्थिक बर्षको पहिलो महिनामा भित्रियो २ खर्ब १५ अर्ब रुपैयाँ रेमिट्यान्स

dollars

सुनाखरी न्युज/ काठमाडौं ।

चालु आर्थिक वर्ष साउनमा रेमिट्यान्स आय २ खर्ब १५ अर्ब रुपैयाँ रहेको छ ।
त्यसैगरी सोही अवधिमा शोधनान्तर स्थिति ९० अर्बले बचतमा पुगेको छ ।

रेमिट्यान्स आप्रवाह र प्रत्यक्ष वैदेशिक लगानी ९एफडीआई० मा सुधार आउँदा शोधनान्तर स्थिति सकारात्मक भएको हो ।

 

चालु आव साउनमा निर्यात ६१।७ प्रतिशत बढेको छ । उक्त अवधिमा ३८ अर्ब ७० करोड बराबर निर्यात भएको छ । साथै, साउनमा १ अर्ब १ करोड बराबर एफडीआई भित्रिएको छ ।

साउनमा चालु खाता ९४ अर्ब ५९ करोडले बचतमा छ । गत आव सोही अवधिमा चालु खाता ७८ अर्ब २९ करोड बचतमा थियो । अमेरिकी डलरमा गत वर्ष सोही अवधिमा ५६ करोड बचतमा रहेको चालु खाता साउनमा ६२ करोड बचतमा छ ।

 

चालु आव साउनमा खुद पूँजीगत ट्रान्स्फर ६३ करोड छ । गत आव सोही अवधिमा यस्तो ट्रान्स्फर १ अर्ब ४ करोड थियो । यसैगरी समीक्षा अवधिमा १ अर्ब १ करोड बराबर एफडीआई ९इक्विटी मात्र० भित्रिएको छ । गत आव सोही अवधिमा भने ६९ करोडमात्र थियो ।

साउनमा शोधनान्तर स्थिति ९० अर्ब ३४ करोडले बचतमा छ । गत आव सोही अवधिमा शोधनान्तर स्थिति ८९ अर्ब ३० करोडले बचतमा थियो ।

अमेरिकी डलरमा गत वर्ष सोही अवधिमा ६४ करोडले बचतमा रहेको शोधनान्तर स्थिति साउनमा ५९ करोडले बचतमा छ ।