२०८३ आश्विन २ , शुक्रवार

मन्त्रिपरिषद् बैठक : पाण्डे, शर्मा र थापा भारत, चीन र अमेरिकाको राजदूत सिफारिस

cabinet-new- 6-2

सुनाखरी न्युज/ काठमाडौं ।

सरकारले भारत, चीन र अमेरिकाका लागि राजदूत सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्को  शुक्रबार बसेको बैठकले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याण शर्मा र अमेरिकाका लागि चीरन थापालाई सिफारिस गरेको हो ।

 

 

मन्त्रिपरिषद्ले भारत, चीन र अमेरिकासहित १३ वटा देशका राजदूतहरू नियुक्ति गरेको हो । विभिन्न क्षेत्रबाट विज्ञता बटुलेका, अध्ययन तथा अनुसन्धान गरेका, विभिन्न क्षेत्रमा नेतृत्व र अन्य हिसाबले समेत काम गरिरहेका व्यक्तिहरूलाई राजदूत सिफारिस गरिएको सरकारले जनाएको छ ।

अब सरकारले राजदूतको लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरुको रुपमा संसदीय सुनुवाइको लागि पठाउने छ । संसदीय सुनुवाइ सकिएपछि सरकारले सम्बन्धित मुलुकमा अग्रिमोका लागि पठाउने छ ।