
सुनाखरी न्युज/ काठमाडौं ।
करदाता प्रोत्साहन उपहार कार्यक्रमका भदौ महिनाको विजेताको नाम सार्वजनिक भएको छ । आन्तरिक राजस्व विभागले बिहीबार उपहार घोषणा गरेको थियो ।
जसअनुसार १ देखि १५ भदौको बम्पर विजेता लक्ष्मण सुनार रहेका छन् । १५ देखि ३१ भदौबीचको बम्पर विजेता विवेक बिके रहेका छन् । उनीहरू दुवै जनाले १०–१० लाख रुपैयाँ प्राप्त गरेका छन् ।
विभागका अनुसार १ देखि १५ भदौसम्मका विजेतामध्ये १४ जनाको नाम सार्वजनिक भएको छ । उनीहरू प्रत्येकले १ लाख रुपैयाँ प्राप्त गरेका छन् ।
एक जना विजेता भने प्रधानमन्त्री राहत कोषमा योगदान गरेका व्यक्ति परेसँगै उनी अयोग्य भएका थिए ।
विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि २०८३ को प्रक्रिया पूरा गरेपछि मात्र पुरस्कार प्राप्त गरिने बताएको छ । उपहारको दाबी १५ दिनभित्र गरिसक्नुपर्ने छ ।