२०८३ आश्विन २ , शुक्रवार

दार्चुला पावरले आईपीओ निष्कासन गर्ने

ipo-1-e1676633094964

सुनाखरी न्युज/ काठमाडौं ।

दार्चुला पावर लिमिटेडले साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन  ( आईपीओ )  गर्ने भएको छ। कम्पनीले आईपीओ निष्कासनसम्बन्धी प्रस्ताव आगामी दशौँ वार्षिक साधारण सभामा पेश गर्ने भएको हो। कम्पनीको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले असोज २३ गते शुक्रबार दशौँ वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको छ । सभा काठमाडौंको गौशालास्थित होटल क्रिष्टल पशुपतिमा बिहान १० बजे सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०८२/ ८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरण र आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्तावमा छलफल हुनेछ ।

विशेष प्रस्तावअन्तर्गत कम्पनीको साधारण शेयरको आईपीओ निष्कासन गर्ने प्रस्ताव राखिएको छ । आईपीओ जारी गर्न आवश्यक पर्ने पूँजी संरचनामा संशोधनसहित कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । त्यस्तै कम्पनीले निर्माण तथा विकास गरिरहेका आयोजनाका लागि बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा तोकिएको सीमाभन्दा बढी रहेको भन्दै उक्त कर्जा अनुमोदन गर्ने प्रस्ताव राखिएको छ ।