२०८३ भदौ ३१ , बुधवार

नेप्से २१ अंकले घट्यो, ५ अर्ब ३८ करोडको कारोबार

Nepse-2

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल स्टक एक्सचेञ्ज  ( नेप्से)  परिसूचक बुधबार २१.१९ अंकले घटेर २६१२.४२ बिन्दुमा झरेको छ। आज २५० कम्पनीको १ करोड ५० लाख कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३८ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आज ३५० कम्पनिका एक करोड ५१ लाख १ हजार ५५५ कित्ता शेयर ५ अर्ब ३८ करोड ९५ लाख ७४ हजार ६४८ मा कारोबार भएको थियो। आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ।

आज, सबैभन्दा बढी नारायणी डेभलपमेन्ट बैंकको शेयर ६.३७ प्रतिशतले बढेको छ भने हिमाल दोलखा हाइड्रोको शेयर ५.३१ प्रतिशतले बढेको छ। त्यस्तै आज सबै भन्दा बढी एनएमबी हाईब्रिडको शेयर ७.७३ प्रतिशतले घटेको छ।

त्यस्तै आज सबै भन्दा बढी हिमाल दोलखा हाइड्रोको ३७ करोड ९५ लाख बराबरको कारोबार भएको छ भने रिलायन्स स्पिनिग मिल्सको २५ करोड १० लाख बराबरको कारोबार भएको छ।