२०८३ भदौ २७ , शनिवार

साउदीले ड्रोन हमलापछि बन्द गर्‍यो तेल पाइपलाइन

saudi

सुनाखरी न्युज/ काठमाडौं ।

साउदी अरबले ड्रोन हमलापछि आफ्नो महत्वपूर्ण इस्ट–वेस्ट तेल पाइपलाइन अस्थायी रूपमा बन्द गरेको छ।

साउदी प्रेस एजेन्सी (एसपीए) ले ऊर्जा मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै १० सेप्टेम्बरको बिहान इस्ट–वेस्ट पाइपलाइनमा पटक–पटक ड्रोन हमला भएको जनाएको छ। त्यसपछि थप क्षति रोक्न र सुरक्षाका लागि पाइपलाइन अस्थायी रूपमा बन्द गरिएको हो।

साउदी अधिकारीका अनुसार ड्रोन हमलामा केही व्यक्ति घाइते भएका छन् भने पाइपलाइनमा समेत क्षति पुगेको छ।

 

 

साउदी विदेश मन्त्रालयका अनुसार हमलामा मानवीय क्षतिसँगै अन्य क्षतिसमेत भएको छ। क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनःस्थापनाको काम भइरहेको मन्त्रालयले जनाएको छ।

 

मन्त्रालयले हमलाको कडा निन्दा गर्दै पाइपलाइनलाई लक्षित गर्ने केही ड्रोन इराकी भूमिबाट प्रक्षेपण गरिएको दाबी गरेको छ।

तर, साउदी अरबले तत्काल जवाफी कारबाही नगर्ने जनाएको छ। साउदी विदेश मन्त्रालयका अनुसार इराकका प्रधानमन्त्रीले आफ्नो देशबाट हुने यस्ता हमला रोक्न आवश्यक कदम चाल्न इराकी सरकारलाई समय दिन आग्रह गरेका छन्।