
सुनाखरी न्युज/ काठमाडौं ।
शाओमीले उच्च क्षमताको ब्याट्री र शक्तिशाली कार्यक्षमतासहित रेडमी नोट १७ सिरिज सार्वजनिक गरेको छ। नयाँ सिरिजमा रेडमी नोट १७, रेडमी नोट १७ ५जी, रेडमी नोट १७ प्रो ५जी र रेडमी नोट १७ प्रो म्याक्स ५जी रहेका छन् । लामो समयसम्म चल्ने ब्याट्रीका कारण बारम्बार चार्जर बोक्नुपर्ने झन्झट कम हुने कम्पनीले जनाएको छ । रेडमी नोट १७ र नोट १७ ५जी मा ७,७०० एमएएच क्षमताको ब्याट्री र ४५ वाट टर्बो चार्जिङ दिइएको छ। त्यस्तै, रेडमी नोट १७ प्रो ५जी मा ८,३४० एमएएच ब्याट्री र ६७ वाट हाइपरचार्ज रहेको छ ।
यसैगरी, रेडमी नोट १७ प्रो म्याक्स ५जी मा १०,००० एमएएच क्षमताको ठूलो ब्याट्री, १०० वाट हाइपरचार्ज र २७ वाट रिभर्स चार्जिङ सुविधा रहेको छ । कम्पनीका अनुसार यसको ब्याट्री एकपटक पूर्ण चार्ज गर्दा ७२ घण्टासम्म प्रयोग गर्न सकिन्छ। साथै, २० मिनेट चार्ज गर्दा एक दिनसम्म प्रयोग गर्न पुग्ने ब्याट्री क्षमता प्राप्त हुने कम्पनीको दाबी छ । सिरिजमा समावेश रेडमी टाइटन ब्याट्री सिस्टम ले ब्याट्रीको आयु बढाउनुका साथै ऊर्जा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने कम्पनीले जनाएको छ ।
आकर्षक डिस्प्ले र उन्नत क्यामेरा : प्रो मोडलमा ६.८३ इन्चको १.५के एमोलेड डिस्प्ले, १२० हर्ज रिफ्रेस रेट तथा अधिकतम ३,५०० निट्ससम्मको ब्राइटनेस रहेको छ । त्यस्तै, रेडमी नोट १७ र नोट १७ ५जी मा ६.९९ इन्चको एफएचडी+ एमोलेड डिस्प्ले दिइएको छ ।
क्यामेरातर्फ, रेडमी नोट १७ र नोट १७ ५जीमा ५० मेगापिक्सेल मुख्य क्यामेरा र १६ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ। रेडमी नोट १७ प्रो ५जी मा ५० मेगापिक्सेल मुख्य, ८ मेगापिक्सेल अल्ट्रा–वाइड र १६ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ। त्यसैगरी, रेडमी नोट १७ प्रो म्याक्स ५जी मा ५० मेगापिक्सेल मुख्य, ८ मेगापिक्सेल अल्ट्रा–वाइड र ३२ मेगापिक्सेल फ्रन्ट क्यामेरा दिइएको छ ।
मजबुत संरचना र शक्तिशाली प्रदर्शन ः प्रो मोडलहरू रेडमी टाइटन स्ट्रक्चर सहित निर्माण गरिएका छन्। यी मोडलमा धुलो तथा पानीबाट सुरक्षाका लागि आईपी६६, आईपी६८, आईपी६९ र आईपी६९के स्तरको सुरक्षा रहेको छ । रेडमी नोट १७ र नोट १७ ५जीमा भने आईपी६५ स्तरको सुरक्षा दिइएको छ । प्रदर्शनका लागि सिरिजका विभिन्न मोडलमा स्न्यापड्रागन ६ जेन ५, स्न्यापड्रागन ६एस जेन ४, स्न्यापड्रागन ६एस ४जी जेन २ र स्न्यापड्रागन ४ जेन ४ चिपसेट प्रयोग गरिएको छ ।
मूल्य : नेपालमा रेडमी नोट १७ सिरिजका विभिन्न भेरियन्टको मूल्य यसप्रकार रहेको छ :
रेडमी नोट १७ को ६जीबी ¥याम तथा १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य रु. ४२,९९९ तोकिएको छ भने ८ जीबी ¥याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य रु. ४७,९९९ रहेको छ । त्यसैगरी, रेडमी नोट १७ ५जी को ६ जीबी ¥याम तथा १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य रु. ४७,९९९ र ८ जीबी ¥याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य रु. ५२,९९९ रहेको छ । रेडमी नोट १७ प्रो ५जी अन्तर्गत ८ जीबी ¥याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य रु. ५७,९९९ र १२ जीबी ¥याम तथा ५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य रु. ६४,९९९ तोकिएको छ ।
त्यस्तै, रेडमी नोट १७ प्रो म्याक्स ५जी को ८ जीबी ¥याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य रु. ६९,९९९ र १२ जीबी ¥याम तथा ५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य रु. ७९,९९९ रहेको छ ।
उपलब्धता : रेडमी नोट १७ र नोट १७ ५जी सेलेस्टियल पर्पल, स्काई टिल र ब्ल्याक रङमा उपलब्ध छन् । रेडमी नोट १७ प्रो ५जी स्काई ब्लु, साटिन ओरेन्ज, पर्पल र ब्ल्याकमा उपलब्ध छ । प्रो म्याक्स ५जी भने क्लाउड ब्लस, ग्रिन, पर्पल र ब्ल्याक रङमा उपलब्ध छ ।
निःशुल्क रेडमी बड्स ६ प्ले : रेडमी नोट १७ प्रो सिरिज खरिद गर्ने ग्राहकले रु. २,४९९ मूल्य पर्ने रेडमी बड्स ६ प्ले निःशुल्क प्राप्त गर्नेछन् । यो अफर फोन सार्वजनिक भएको मितिदेखि सेप्टेम्बरको अन्त्यसम्म लागू हुने कम्पनीले जनाएको छ । त्यस्तै, ग्राहकले नेपालभरका आधिकारिक बिक्रेतामार्फत नागरिकता प्रस्तुत गरी डाउन पेमेन्ट गरेपछि शून्य प्रतिशत ब्याजदरको ईएमआई सुविधा समेत लिन सक्नेछन् ।
शाओमीबारे
शाओमी कर्पोरेसनको स्थापना अप्रिल २०१० मा भएको हो । कम्पनी सन् २०१८ जुलाई ९ मा हङकङ स्टक एक्सचेन्जमा सूचीकृत भएको थियो । शाओमी स्मार्टफोन, स्मार्ट हार्डवेयर र स्मार्ट विद्युतीय सवारीसाधनसहित आईओटी प्रविधिमा आधारित उपभोक्ता विद्युतीय सामग्री तथा स्मार्ट उत्पादनमा केन्द्रित विश्वव्यापी कम्पनी हो । कम्पनीका अनुसार डिसेम्बर २०२५ सम्म विश्वभर शाओमीका स्मार्टफोन तथा ट्याब्लेटका मासिक सक्रिय प्रयोगकर्ता ७५४.१ मिलियन पुगेका थिए। त्यस्तै, स्मार्टफोन, ल्यापटप र ट्याब्लेटबाहेक शाओमीको आईओटी प्लेटफर्ममा जोडिएका उपकरणको संख्या १.०७९२ अर्ब पुगेको थियो ।
सन् २०२३ अक्टोबरमा शाओमीले व्यक्तिगत उपकरण, स्मार्ट होम र सवारीसाधनलाई एकीकृत गर्ने ‘ह्युमन × कार × होम’ स्मार्ट इकोसिस्टम रणनीति अघि सारेको थियो। कम्पनीका अनुसार सन् २०२६ फेब्रुअरीसम्म शाओमीका विद्युतीय सवारीसाधनको डेलिभरी संख्या ६ लाखभन्दा बढी पुगेको छ । शाओमीका उत्पादनहरू विश्वका १०० भन्दा बढी देश तथा क्षेत्रमा उपलब्ध छन्। कम्पनी सन् २०२६ मा लगातार आठौँ पटक फच्र्युन ग्लोबल ५०० को सूचीमा परेको छ र २३२औँ स्थानमा रहेको जनाएको छ ।