२०८३ भदौ २६ , शुक्रवार

गुडिरहेको ईभी गाडीमा आगलागी हुँदा मृत्यु हुने व्यक्तिको पहिचान खुल्यो

IMG-20260911-WA0013-768×576-1

सुनाखरी न्युज/ काठमाडौं ।

गुडिरहेको विद्युतीय गाडीमा आगलागी हुँदा मृत्यु हुने व्यक्तिको पहिचान खुलेको छ।उनका अनुसार गोर्खाबाट मृतकका दाइ आउँदै हुनुहुन्छ । उहाँका छोराछोरी विदेशमा हुनुहुन्छ भन्ने खबर प्राप्त भएको छ । उहाँको शव परिवारलाई केही समयमा जिम्मा लगाइन्छ । ’गुडिरहेको ईभी कारमा आफैँ आगलागी भएको हो । सिट बेल्ट लगाएर गएको देखिन्छ,’ उनले भने,’ ग्यासोलिन कम्पनीको ईभी कार रहेको छ।’ प्रहरीले आगो निभाए पनि गाडीभित्रै रहेका पराजुलीको जलेर ज्यान गइसकेको जनाएको छ।

करिब एक वर्षअघि खरिद गरिएको उक्त गाडी आगलागीबाट पूर्ण रूपमा क्षति भएको छ। आगलागीका कारण शव चिन्न नसकिने अवस्थामा पुगे पनि परिवारका सदस्यले सनाखत गरिसकेका छन्। प्रहरीका अनुसार मृतकको डीएनए परीक्षणको रिपोर्ट आउन भने बाँकी रहेको छ।आफैँ आगो लगाएर कार चलाउन नसकिने पौडेलको भनाइ छ ।

शुक्रबार भरतपुर महानगरपालिका – ९ बसन्तचोकस्थित पूर्व पश्चिम राजमार्गको सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा प्र ०१–०३० च ५५७९ नम्बरको ईभी कारमा अचानक आगलागी भएको थियो ।हाल पराजुलीको शव भरतपुर अस्पतालमा राखिएको छ भने उनको परिवारमा श्रीमती, दुई छोरी र एक छोरा रहेका छन्।