
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली बजारमा आज (शुक्रबार) सुन-चाँदीको भाउ घटेको छ।
यसदिन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । सुनको भाउ बिहीबार प्रतितोला तीन हजार चार सय रूपैयाँ बढेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार रूपैयाँमा किनबेच भइरहेको छ।
बिहीबार सुन प्रतितोला तीन लाख पाँच हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ।
बिहीबार प्रतितोला चार हजार आठ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय ५५ रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार तीन सय ३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।