२०८३ भदौ २५ , बिहिवार

सामुहिक चित्रकला प्रदर्शनी शुरु 

news snap 2

 

सुनाखरी न्युज/ काठमाडौं ।

रसियन हाउस,काठमाडौंको प्रस्तुतिमा नेपाल रसिया आर्ट क्लब र सुषमा आर्ट ग्यालरीको संयुक्त आयोजनामा माननीय सांसद तथा पूर्व मन्त्री पद्मा अर्यालज्यूले पानसमा दिप प्रज्जोलन गरि नेपाली कलाकारहरुको सामुहिक चित्रकला प्रदर्शनीको उद्घाटन गर्नु भएको थियो । प्रदर्शनीमा रसियन हाउसकी निर्देशक अनासतासिया खोख्लोभा,नेपाल रसिया आर्ट क्लबकी अध्यक्ष सुषमा राजभण्डारी, नेपाल रसिया फ्रेन्डसिप तथा कल्चरलका महासचिव स्वराज शाक्य,शिवजी यादव,दिवस अमात्य लगायत वरिष्ठ कलाकारहरु, कलाकारहरु,पत्रकारहरु तथा विशिष्ट महानुभावहरुको उल्लेखनिय उपस्थितिमा प्राज्ञ,गायक तथा संगीतकार माधव प्रधानज्यूले कार्यक्रम संचालन गर्नु भएको थियो ।

रसियन हाउसकी निर्देशकले सबैलाई खाडा दिएर स्वागत गर्नु भएको कार्यक्रममा नेपाल रसिया आर्ट क्लबका सचिव मदन श्रेष्ठले सबै अतिथिहरु तथा कलाकारहरुलाई स्वागत भाषण गर्नु भएको र प्राज्ञ धर्मराज शाक्यले कला प्रदर्शनीमा रहेका कलाकृतिहरुको बारेमा समिक्षा गर्नु भएको थियो । रसियन हाउसकी निर्देशक अनासातासिया खोख्लोभाज्यूले नेपाली कलाकारहरुको सामुहिक चित्रकला प्रदर्शनी गर्न पाएकोमा खुशी व्यक्त गर्नु भयो र अगामी दिनहरुमा पनि नेपाल रसिया आर्ट क्लबसंग सहकार्य गरि नेपाल र रसियाका कलाकारहरुको सामुहिक चित्रकला प्रदर्शनीको आयोजना गरिने जानकारी दिनु भयो ।

प्रमुख अथिति माननीय सांसद तथा पूर्व मन्त्री पद्मा अर्यालज्यूले नेपाली कलाकारहरुको सामुहिक चित्रकला प्रदर्शनीको उद्घाटन गर्न पाउदा र चित्रहरु हेरेर नौलो अनुभव भएको जानकारी दिनु भयो । त्यस्तै नेपाल रसिया आर्ट क्लबकी अध्यक्ष सुषमा राजभण्डारीले सहभागी सबै कलाकारहरु तथा उपस्थित सबै महानुभावहरुलाई धन्यवाद दिदै आगामी दिनहरुमा पनि नेपाल रसिया आर्ट क्लबले निरन्तर प्रदर्शनीको आयोजना गर्दै जाने र धेरै भन्दा धेरै महिला कलाकारहरुको कलाकृतिहरुलाई समेत्न पाएकोमा खुशी व्यक्त गर्नु भयो ।

नेपाल रसिया आर्ट क्लबको नयाँ सल्लाहकारहरु तथा पदाधिकारीहरुको घोषणा गरिएको कार्यक्रममा २८ जना कलाकारहरु प्राज्ञ विजय थापा,प्राज्ञ चन्दा श्रेष्ठ,जीवन राजोपध्याय,रत्नकाजी शाक्य,गजेन्द्र मान श्रेष्ठ,प्राज्ञ सुषमा राजभण्डारी,विजयराज शाक्य, राजाबाबु शाक्य,प्राज्ञ धर्मराज शाक्य,प्राज्ञ धनु याक्खा,प्राज्ञ उमेश श्रेष्ठ,पुरुषोत्तम मानन्धर,दिपान्जली प्रधान,रेनुका महर्जन,ज्योती खड्का,सजनी श्रेष्ठ,उमा श्रेष्ठ,सुनेना ठाकुर,सरुनादेवी महर्जन, प्रविण श्रेष्ठ,मदन श्रेष्ठ,राखी कर्न,हेमा दास,जेम्स महर्जन, विनोद गिरी,सुमित्रा थुस,कृपा जोशी र हरिराम चौधरीका चित्रहरु रसियन हाससको भित्तामा सजिएर रहेका छन् । प्रदर्शनी अगामी असोज ४ गते सम्म निरन्तर रहने छ ।