२०८३ भदौ २५ , बिहिवार

आरआर क्याम्पसअगाडि दाउरा बालेर खाना पकाउँदै विद्यार्थी

rr

सुनाखरी न्युज/ काठमाडौं ।

अखिल क्रान्तिकारीका विद्यार्थीहरूले सडकमै खाना पकाएर ग्यास अभाव र आपूर्ति समस्याको विरोधमा प्रदर्शन गरेका छन् । ग्यासको सहज आपूर्ति गर्न सरकारलाई दबाब दिने उद्देश्यले अखिल क्रान्तिकारीले रत्न राज्यलक्ष्मी  ( आरआर)  क्याम्पसको मुख्य प्रवेशद्वार अगाडि दाउरामा खाना पकाएर विरोध प्रदर्शन गरेको हो ।

ग्यास नपाएर सर्वसाधारणले दैनिक जीवनमै सास्ती खेप्नुपरेको भन्दै विद्यार्थीहरूले सडकमा नै दाउरा बालेर खाना पकाएका थिए । उनीहरूले ग्यासको अभावले विशेषगरी विद्यार्थी, मजदुर तथा न्यून आय भएका परिवार बढी प्रभावित भएको बताएका छन् । विद्यार्थीहरूले देशभर देखिएको ग्यास अभाव र आपूर्ति समस्याको समाधान गर्न माग गर्दै सरकारविरुद्ध नाराबाजी समेत गरेका थिए ।

विद्यार्थीहरूले सरकारले लामो समयदेखि सर्वसाधारणलाई सहज रूपमा खाना पकाउने ग्यास उपलब्ध गराउन नसकेको बताएका छन् । ग्यास लिनका लागि हप्तौँसम्म लाइनमाआरआर क्याम्पसअगाडि दाउरा बालेर खाना पकाउँदै विद्यार्थी बस्नुपर्ने अवस्था सिर्जना हुँदा पनि आवश्यक मात्रामा ग्यास नपाउने समस्या समाधान हुन नसकेको उनीहरूको भनाइ छ ।