
सुनाखरी न्युज/ वासिङटन ।
मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टी विजयी भएमा हरेक अमेरिकी वयस्क नागरिकको खातामा ५ हजार डलर हालिदिने आश्वासन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दिएका छन् । आगामी नोभेम्बरमा अमेरिकाको तल्लो सदन हाउस र माथिल्लो सदन सिनेटको निर्वाचन हुँदैछ ।
ट्रम्पले डाल्लासमा आयोजित चुनावी र्यालीलाई सम्बोधन गर्दै यस्तो दाबी गरेका छन् । ‘यदी रिपब्लिकनले जित्यो भने, तपाईहरुले हामीसँगै जित्नुहुनेछ र ५ हजार डलर खातामा पाउनुहुनेछ ।’
ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा सुरुवाती दुई वर्ष निकै सफल रहेको दाबी गरे । ‘यदी हामीले हार्यौं भने तपाईहरुले सीमाना गुमाउनुहुनेछ । तपाईहरुको करको पैसा गुमाउनुहुनेछ । तपाईहरुको सुरक्षा गुमाउनुहुनेछ । आफ्नो पैसा गुमाउनुहुनेछ । हाम्रो देश नर्क बन्नेछ । हामी नर्कमा पुग्नेछौं । जसरी दुई वर्षअघि नर्कमा थियौं,’ विपक्षी डेमोक्रेटिक पार्टीको आचोलना गर्दै उनले भने ।
एपी