२०८३ भदौ २५ , बिहिवार

ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

Can_11-2

 

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालले उत्कृष्ट बलिङ गर्दै मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानलाई ८७ रनले पराजित गर्दै फाइनलमा पुगेको छ । नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान २८. १ ओभरमा ६० रनमै अलआउट भयो । उसका लागि जतिन्दर सिंहले २५ तथा जितेन रमानन्दीले १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

ओमानलाई सस्तैमा समेट्न सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले तीन–तीन तथा ललित राजवंशी र रोहित पौडेलले दुई–दुई विकेट लिए ।त्यसअघि मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलको मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपाल ४५.४ ओभरमा १४७ रनमै अलआउट भयो ।

दीपेन्द्र सिंह ऐरीले ५१ तथा बसिर अहमदले ४७ रनको योगदान दिए । अन्य कोही पनि ब्याट्सम्यान चल्न सकेनन् । ओपनरद्वय देव खनालले १३ तथा आसिफ शेखले ११ रन जोडे । यस्तै, ईशान पाण्डेले १, रोहित पौडेलले ३, गुलशन झाले ७, करण केसीले ५, सन्दीप लामिछानेले ३ रन जोडे ।

बलिङतर्फ ओमानका जय विरम ओडेडारा र हस्नइन शाहले तीन–तीन तथा मुहम्मद इमरानले दुई विकेट लिए । यस्तै, मुजीबुर अलि र शकिल अहमदले एक–एक विकेट लिए । जितसँगै नेपालले अब उपाधिका लागि युएईसँग खेल्नेछ ।