२०८३ भदौ २५ , बिहिवार

उद्योगमन्त्रीले दिइन् राजीनामा

gauri-kumari_Nlj9voqiHM-768×485-1

सुनाखरी न्युज/ काठमाडौं ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले राजीनामा दिएकी छन् । यादवले बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ ।

काठमाडौँमा भएको ग्यासको हाहाकारपछि मन्त्री यादवले काम गर्न नसकेको भन्दै सत्तारुढ दल भित्रै उनको चर्को आलोचना भएको थियो ।

यादवले बिहीबार ग्यास उद्योगीलाई पाता कस्नुपर्ने भन्दै विवादित अभिव्यक्ति दिएकी थिइन् । उनले चैत २७ गते मन्त्री पदको शपथ लिएकी थिइन् । उनी महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद् हुन् ।