२०८३ भदौ २४ , बुधवार

मुस्ताङको लोमन्थाङ केन्द्रबिन्दु भएर ५.३ रेक्टरको भूकम्प

earthquake-0582020010428-1000x0_Qu4hrF4sCM_3na7fagov3yvp94ddakkh6jfpwimvgtdocxg5nq8cp9y11mapf0nx5f1gxyv_It9a9L0x7h_h706rvrloqcusvfhzlhrru7bhxskm1uycmns70kzx84qm8bzhxsaot8xffbw

सुनाखरी न्युज/ काठमाडौं ।

मुस्ताङको लोमन्थाङ आसपास केन्द्रबिन्दु भएर ५ . ३ रेक्टर स्केलको भूकम्प गएको छ। भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार बुधबार राति ९ः५३ बजे भूकम्प गएको हो।

युरोपियन–मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टरका अनुसार भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ३५ किलोमिटर गहिराइमा रहेको थियो।

भूकम्पको धक्का मुस्ताङसहित बागलुङ, धौलागिरि क्षेत्र तथा तिब्बतका विभिन्न स्थानमा समेत महसुस गरिएको बताइएको छ। भूकम्पबाट भएको क्षतिको विवरण भने अहिलेसम्म सार्वजनिक भएको छैन।