
सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्ने भएका छन् ।
रास्वपाका एक सांसदका अनुसार सभापति लामिछानेले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण प्रभावितको खोजी, उद्धार, पुनर्स्थापना, राहत वितरण लगायतबारेमा सम्बोधन गर्ने छन् ।
संसद् बैठक बुधबार दिउँसो १ बजे बस्दै छ ।
आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘नेपाल कानुन आयोग ९पहिलो संशोधन० विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ ।