२०८३ भदौ २३ , मंगलबार

तोलामा ३ हजार ५ सय रुपैयाँ बढ्यो सुन, चाँदीको कति ?

Gold Silver

सुनाखरी न्युज/ काठमाडौं ।

सुनको भाउ मंगलबार  तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १ हजार ९ सय रुपैयाँ थियो ।

 

त्यस्तै चाँदीको भाउ तोलामा १ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ६९० रुपैयाँ रहेको चाँदी आज ४ हजार ७९० रुपैयाँ कायम भएको छ ।