
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल र इजरायल सरकारबिच भएको द्विपक्षीय श्रम सम्झौता बमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्र (लङ टर्म केयर सेन्टर) मा सहायक कामदारका रूपमा कार्य गर्न वैदेशिक रोजगार विभागले आवेदन आह्वान गरेको छ।
मंगलबार सूचना जारी गर्दै विभागले कुल १ हजार ४ सय ६४ जना नेपाली कामदारका लागि दरखास्त खुला गरेको हो, जसमा १ हजार १३२ महिला र ३३२ पुरुष रहेका छन् ।
छनोट भएका उम्मेदवारले मासिक ५ हजार ८ सय ८१ इजरायली मुद्रा ९एनआईएस० न्यूनतम पारिश्रमिक पाउनेछन्। यो अवसरका लागि २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेका, कम्तीमा १।५ मिटर उचाइ र ४५ केजी तौल भएका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।
शैक्षिक योग्यताको हकमा १० कक्षा उत्तीर्ण गरी कम्तीमा १५ महिनाको एएनएम वा सिएमए अध्ययन पूरा गरेको वा प्लस टु ९१०ं२० उत्तीर्ण गरी मान्यता प्राप्त संस्थाबाट कम्तीमा तीन महिनाको केयर गिभर सम्बन्धी तालिम प्राप्त गरेको हुनुपर्ने प्रावधान राखिएको छ।
इच्छुक आवेदकले सूचना प्रकाशित भएको २१ दिनभित्र विभागको अनलाइन पोर्टलमार्फत आवेदन दिनुपर्नेछ। यस प्रक्रियामा यसअघि इजरायल नगएका र परिवारका सदस्य ९बाबु, आमा, पति, पत्नी, छोरा वा छोरी० इजरायलमा कार्यरत नरहेका व्यक्तिहरू मात्र योग्य हुनेछन्।
आवेदन स्वीकृत भएका उम्मेदवारहरूको अंग्रेजी भाषाको परीक्षा लिइनेछ भने अन्तिम छनोट इजरायलको पिवाले गोलाप्रथा मार्फत गर्ने विभागले जनाएको छ।