
सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएको छन् । दिउँसो ३स्३० बजे राष्ट्रपति पौडेलले राष्ट्रको नाममा सम्बोधन गर्ने तय भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
यही भदौ १० गते भोटेकोसी हुँदै त्रिशूली नदीमा गएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा आज स्थलगत अवलोकनपछि काठमाडौँ फर्केर उनले राष्ट्रका नाममा सम्बोधन गर्ने राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
प्रभावित क्षेत्र पुगेर खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टर सञ्चालन एवं पुनस्र्थापनालगायतका विषयमा जानकारी लिएका थिए ।