
सुनाखरी न्युज/ काठमाडौं ।
बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा फसेका मानिसहरूको उद्धारका लागि स्काभेटर र डोजरलाई नुवाकोटको बट्टार पुर्याइएको छ ।
नेपाली सेनाका अनुसार ती उपकरणहरूलाई त्यहाँ खण्ड–खण्ड ( डिसमेन्टल ) पारेर हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा लगिनेछ । बाढी प्रभावितहरूको उद्धारका लागि नेपाली सेनासहितको टोली अहोरात्र खटिएको सेनाको भनाइ छ ।
सेनाले गएराति भोटेकोशीमा बाढी बढेपनि उद्धार प्रयास निरन्तर जारी रहेको उल्लेख गर्दै भर्खरै सुरुङको प्रवेशद्वार ( टनेल इन्ट्री ) खोलिएको ( ब्रेक–थ्रु ) भएको छ । सुरुङभित्र फसेकाको खोजी तथा उद्धार प्रयास जारी छ ।